न्यूरोडमा भत्काएको ठाउँ सडक विभागले टाल्न थालेपछि ओलीसँग बालेनको आक्रोश

छिनोफानो   सोमबार २१, जेठ २०८१ १२:१६

काठमाण्डौ – न्यूरोडमा फुटपाथ विस्तारको लागि भत्काएको ठाउँमा सडक विभागले टाल्न थालेपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोख्नुभएको छ । आज बिहान सडक विभागले काम थालेपछि मेयर बालेनले गिरिबन्धुको जग्गा सट्टापट्टाको विषयलाई ओझेलमा पार्नको लागि फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको दाबी गर्नुभएको छ ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम तोकेर गिरिबन्धुको काण्ड लुकाउन र नागरिकलाई भुलाउन राज्यको सबै शक्ति लगाएर न्यूरोडमा बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको भन्दै आक्रोश पोख्नुभएको हो ।

काठमाण्डौ महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन थालेपछि सडक डिभिजन कार्यालय काठमाण्डौले दुई दिनभित्र सडक मर्मत गर्न भनेको थियो । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालयले आज बिहादेखि सडक टाल्न थालेको हो । 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु