कञ्चनपुरमा दुई लाख बढीका सामान बरामद

छिनोफानो   सोमबार २१, जेठ २०८१ ०१:४८

कञ्चनपुर ।  कञ्चनपुरमा दुई लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३८ हजार मुल्यको, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ८१ हजार १० मुल्यको, इलाका प्रहरी कार्यालय बेल्डाँडीले ७१ हजार ३५० मुल्यको,  पहरी चौकी भुडाले ११ हजार ७६० र अस्थायी प्रहरी पोस्ट बन्साले ४ हजार ५९० मुल्यको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त स्थानबाट मिश्री, गुड, दाल,पेय पदार्थ,गाडीमा प्रयोग गर्ने सिल,तेल,चिनी र सुर्ती फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु