भारतको बेङ्लोरमा ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाको मृत्यु

छिनोफानो   सोमबार २१, जेठ २०८१ ०२:०७

धनगढी । भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त विस्फोटमा परि घाइते भएका जयपृथ्वी नगरपालिका-११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरु अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन्।

गत बुधबार राति ११ बजेतिर झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई कोर्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो  पाँचै जनाको उपचारको क्रममा मृत्यु भएको हो । प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो भने उनका छोरीहरुको त्यसअघि नै मृत्यु भइसकेको थियो । मदन र उनका छोराको गएराति उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु