हिमालयन लाइफ ईन्स्योरेन्स लिमिटेड द्धारा परिवार बालगृहलाई खाद्यान्न सामाग्री वितरण

छिनोफानो   सोमबार २१, जेठ २०८१ ०५:३६

धनगढी । हिमालयन लाइफ ईन्स्योरेन्स लिमिटेड प्रदेश कार्यालय धनगढीले शिवनगरमा रहेको परिवार बालगृहलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न खाद्यान्न सामाग्री वितरण गरेको छ । कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख राम बहादुर शाहीले परिवार बाल गृहका सञ्चालक सानु चौधरीलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन ।

परिवार बालगृहका सञ्चालक चौधरीले कम्पनीले गरेको यो सहयोगले बालगृह लाई केही मात्रामा भए पनि सहयोग पुग्ने बताइन । लाइफ ईन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख राम बहादुर शाहीले कम्पनीको १६ औ वार्षिक उत्सवको अवसरमा  सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ तथा समस्यामा परेका बालबालिकाहरूलाई केही मात्रामा भए पनि सहयोग गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा लाइफ ईन्स्योरेन्स लिमिटेड  धनगढी शाखा प्रमुख राम चन्द्र कुस्मी ,टिकापुर शाखाका मार्केटिङ म्यानेजर अमित चौधरी,कम्पनीका निरन्तर पाँचौँ पटक एमडिआरटी बन्न सफल पत्रकार हरिस बिक लगायतको सहभागी रहेको थियो । 

हिमालयन लाइफ ईन्स्योरेन्स लिमिटेडले देश भर रहेका २ सय १८ ओटा शाखा तथा उप शाखाबाट सोमबार विभिन्न कार्यक्रम गर्दै मनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु