संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै

छिनोफानो   बुधबार २३, जेठ २०८१ १०:५४

काठमाडौँ । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ ।

बैठकमा आर्थिक वर्ष २०८१र८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । अर्थमन्त्री वर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रश्तुत गर्ने राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत हुनेछ भने भन्सार महशुल विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावका साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु