अखिल भारत नेपाली एकता मञ्च गुजरात राज्य समितिद्वारा सञ्चालित सुरत पूर्व (ख) नगर समितिको भेला सम्पन्न,

छिनोफानो   बुधबार २३, जेठ २०८१ ०१:०६

संसारका मजदुर एक हौँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद भन्ने मूल नाराका साथ अखिल भारत नेपाली एकता मञ्च गुजरात राज्य समितिद्वारा सञ्चालित सुरत पूर्व (ख) नगर समितिको भेला सम्पन्न भएको छ । 

संयोजक इन्द्र बहादुर टमट्टाको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समिति सचिवालय सदस्य एवं गुजरात राज्य समिति इन्चार्ज प्रकाश विश्वकर्मा  रहनु भएको थियो भने  विशिष्ट अतिथि एकता मञ्चका केन्द्रीय समिति सदस्य एवं गुजरात राज्य समिति सह इन्चार्ज लक्षिराम तिमिल्सेना रहनु भएको थियो  । 

कार्यक्रममा अतिथि एकता मञ्च केन्द्रीय समिति सदस्य केशव तिमिल्सेना ,केन्द्रीय समिति सदस्य एवम् गुजरात राज्य समिति अध्यक्ष तप्त बहादुर रावत ,प्रवासी नेपाली संघ भारतका केन्द्रीय समिति सदस्य खड्ग विश्वकर्मा ,एकता मञ्च केन्द्रीय समिति सदस्य एवं गुजरात राज्य समिति उपाध्यक्ष चन्द्रा विश्वकर्मा ,लगायतका केन्द्रीय नेताहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य अतिथिहरू नेपाली काँग्रेस सुर्खेत जिल्ला कमिटी सदस्य प्रमे सिङाउडे, प्रवासी नेपाली संघ भारतका गुजरात राज्य समिति उपाध्यक्ष रतन विश्वकर्मा, एकता मञ्च गुजरात राज्य समिति सचिवालय सदस्य जैसरा तिमिल्सेना एकता मञ्च गुजरात राज्य समिति सचिवालय सदस्य मनीषा विश्वकर्मा एकता मञ्च महाराष्ट्र राज्य समिति सदस्य रमेश परियार एकता मञ्च गुजरात राज्य समिति सदस्य धिरेन्द्र प्रसाद आचार्य लगायत रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एकता मञ्च केन्द्रीय सचिवालय सदस्य एवं गुजरात राज्य समिति इन्चार्ज प्रकाश विश्वकर्माले नयाँ निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता आजको आवश्यकता भयको हुँदा तेस्को निम्ति प्रवासमा रहेका सबै राजनीतिक दलका शीर्षक नेता कार्यकर्ताहरूले दबाब गर्न पर्ने बताउनु भयको थियो । 

भेलाले मीन बहादुर शाही अध्यक्षको अध्यक्षतामा २१ सदस्यीय  नयाँ कार्य समिति गठन गरेको छ  समितिको उपाध्यक्षमा कमल मिजार उपाध्यक्षमा डम्बर तिरुवा सचिवमा  पुरुषोत्तम शाक्य सहसचिवमा  कोषाध्यक्षमा लक्ष्मी पुन सदस्य   कमल मिजार कमल बि क पदम बि क,    अक्कल खत्री         जनक शाही ,भरत तिमिल्सेना , कमला तिमिल्सेना , खड्ग शाक्य,  गंगी मिजार 

जय बहादुर पुन  सुरेन्द्र बि क,  पवित्रा आचार्य , कल्पना थापा,र दीपक थाप लगायतका सदस्य रहेका छन । एकता मञ्च सुरत पूर्व ख नगर समिति सदस्य मीन बहादुर शाही स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको समिति सचिव पुरुषोत्तम शाक्य गर्नु भयको थियो ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु