साँफेबगर नगरपालिकाको मिलेमतोमा सिसिटिभी क्यामराको रकम हिनामिना,बजार समितिले गर्‍यो दोषीलाई कारबाहीको माग

पवन भण्डारी   बिहिबार २४, जेठ २०८१ ०२:२६

पवन भण्डारी,धनगढी । अछामको साँफेबगर नगरपालिकाले गुपचुप मै सिसिटिभी खरिद गरि बजारमा जडान नगरेको भन्दै बजार व्यवस्थापन समितिले नगर प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई  ज्ञापन पत्र बुझाएको छ ।

साँफेबगर एरपोट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुवरले नगरपालिकाले गुपचुपमै सिसिटिभी खरिद गरि ३ बर्ष सम्म पनि बजार क्षेत्रमा जडान नगर्नु र टेन्डर रद्द गरि गुपचुप मै सामान खरिद गरेको बिषयमा आवश्यक छानबिन गरि दोषी लाई कारबाहीको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन । 

ज्ञापन पत्रमा भनिएको छ नगरपालिकाले  सम्पूर्ण नगरपालिका बासी  लाई अन्याय हुने गरि नगरको विकासमा पर्खाल लगाउने  लोकतन्त्रलाई नै बदनाम गराउने गरि समाचारमा आयको कुरा सत्य  र काम नगरेरै भुक्तानी भएको हो भने ३ दिन भित्र सत्य तथ्य छानबिन गर्न र भुक्तानी लिने दिने दुबैलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । 

नगरको विकासमा तगारो बन्ने जो कोहीलाई  कारबाही गर्न र यथाशीघ्र सिसिटिभी क्यामरा जडानको गर्न माग गरिएको छ ।  यदि आफूहरूको माग सम्बोधन नभए चरण बद्दरुपमा आन्दोलन गर्ने चेतावनी समेत ज्ञापन पत्र बाट दिएको छ ।

नगरपालिकाले बजार क्षेत्रको शान्ति सुरक्षालाई सहज गर्ने उद्देश्य सहित २०७७ चैत्र ६  र २०७८ फाल्गुन ५ गते  सिसिटिभी खरिदका लागि टेन्डर आव्हान गरेको थियो । पहिलो बर्ष टेन्डर नपरे पछि दोस्रो बर्ष पुनः टेन्डर खोलेको नगरपालिकाले पछि एकाएक टेन्डर रद्द गरेको थियो । 

टेन्डर रद्धपछी नगरपालिकाले कोटेसन मार्फत सामान खरिद गरेको जानकारी दिए पनि छिनोफानो डटकमको सामान कसले खरिद गरेको हो भन्ने प्रश्न मा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले कुनै  जानकारी दिएनन् ।

तीन बर्ष अगाडि नगरपालिकाले सामान खरिदका लागि ८ लाख ५० हजार भुक्तानी गरेको र सामान नगरपालिकामा रहेको अधिकृत शर्माले छिनोफानो लाई बताएका थिए । साफे बजार व्यवस्थापन समितिले २०८१ जेठ १० बजारमा सिसिटिभी क्यामरा जडानकारलागि समन्धीत निकाय सङ्ग आवश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ ।

बजार व्यवस्थापन समिति तथा व्यापारीलाई नगरपालिकाले खरिद गरेको क्यामरा बारे कुनै जानकारी न नभएकोले आफ्नै लगानीमा सिसिटिभी क्यामरा जोड्ने पहलमा व्यवस्थापन समिति रहेको थियो ।

 नगरपालिकाले सामान खरिद गरेको बारे कुनै जानकारी नै न रहेको बजार व्यवस्थापन समितिले सम्पूर्ण व्यापारी बाट सहयोग सङ्कलन गरेरै भए पनि क्यामरा जडान गर्ने निर्णय गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष कुवरले बताए । उनले भने हामीले समाचार प्रकाशित भए पछि मात्र जानकारी  पायौ नगरपालिकाको बदमासी  । 

यता साँफेबगर नगरपालिका पूर्व नगर प्रमुख कुल बहादुर कुवरले आफूले आफ्नो कार्यकालमा सिसिटिभी क्यामरा खरिद गर्नका लागि निमित्त प्रमुखलाई भनेको कुरा स्वीकार गर्नुभयो । उहाँले भन्नू भयो मैले क्यामरा खरिद गर्नुस् भनेको हु क्यामरा खरिद भयो या भएन त्यो मलाई जानकारी नै गराएनन् ।  दुई पटक टेन्डर खोलेको  र दोस्रो टेन्डर   खोल्दा एक जनाको मात्र परेकोले रद्द गरि कोटेसन मार्फत मिल्ने गरि खरिद गर्न मैले भनेको हु पछि सामान कसले किन्यो कोटेसन कस्लाई दियो त्यो बारे कुनै जानकारी छैन उनले भने ।

नगरप्रमुख राजेन्द्र कुवरले आफ्नो कार्यकालमा  सिसिटिभी खरिद नभएको बताउँदै पहिलेको जानकारी आफूलाई नरहेको बताए । उनले भने म यसको खोजीनिती गर्छु यदि गलत देखियो भने कारबाही गर्छु । मलाई सिसी क्यामरा खरिद गरेको र सामान स्टोरमा रहे नरहेको कुनै जानकारी छैन उनले भने । 

छिनोफानो डटकमले साँफेबगर नगरपालिका द्दारा तीन बर्ष पहिले नै सिसिटिभी क्यामरा खरिद , र साढे ८ लाख भुक्तानी शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु