महेन्द्रनगरमा कैदी सगैं प्रहरी र कारागार कर्मचारीको दारु पार्टी

छिनोफानो   शुक्रबार २५, जेठ २०८१ १०:४५

धनगढी ।  कञ्चनपुरमा कारगारका कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्। कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्।

(बिहीबार) उनीहरू होटलमा भेटिएका थिए। अहिले सो विषयमा छानबिन थालिएको छ। कञ्चनपुरका डीएसपी उमेश जोशीले अहिले नाइके बाहिर निस्केर मदिरा सेवनको विषय अनुसन्धान भैरहेको बताए। उनका अनुसार अहिले प्रहरीले कारागारसंग समन्वय गरेर अनुसन्धान थालेको छ।

सो घटनामा प्रहरी कारबाहीमा परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले प्रहरीले व्यवसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गर्न निर्देशन दिएका हुन्। डीआइजी केसीको निर्देशनमा कैदीसँग भेटिएका हवल्दार रामसिंह धामीलाई निलम्बन गरिने भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको जानकारी दिए।

उनका अनुसार घटनाको विस्तृत छानबिनसमेत भैरहेको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु