सुदूरपश्चिम जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखमा सुनार

छिनोफानो   शुक्रबार २५, जेठ २०८१ ०३:०३

धनगढी ।  सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार जिम्मेवारी पाएका छन् ।

सामाजिक विकास मन्त्रालय सचिवस्तरीय निर्णय गरी मन्त्रालयको जनस्वास्थ्य महाशाखामा कार्यरत सुनारलाई सो जिम्मेवारी दिएको हो । निमित्त प्रमुखको जिम्मेवारी पाएका सुनारले बिहिबार नै पदभार ग्रहण गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु