३ वर्ष सम्म सुतेको साँफेबगर नगरपालिका छिनोफानोको समाचार पछि बिउँझियो,जोड्ने भयो क्यामरा

छिनोफानो   शुक्रबार २५, जेठ २०८१ ०४:५९

पवन भण्डारी धनगढी ।  अछामको साँफेबगर नगरपालिकाले ३ वर्ष अगाडी खरिद गरेका सिसिटिभी क्यामरा जडान गर्ने भएको छ । आर्थिक वर्ष २०७८ सालमा खरिद गरेका क्यामरा नगरपालिकाले थन्क्याएर राखेको थियो । छिनोफानो डटकमले सिसिटिभी क्यामराको बारे जेठ १४ गते देखि निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो ।

समाचार प्रकाशन पछि नागरिक स्तरबाट चर्को  विरोध हुनुका साथै  र साफे एर्पाेट  बजारले नगरप्रमुख राजेन्द्र कुवर र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो । आर्थिक वर्ष २०७७ र २०७८ मा दुई पटक टेन्डर निकालेको नगरपालिकाले प्रक्रिया नपुगेको भन्दै रद्द गरेको थियो । तत्कालीन नगरप्रमुख कुल बहादुर कुवरले २०७८मा  नगर क्षेत्रमा सिसिटिभी क्यामरा जडान आवश्यक रहेको भन्दै कोटेसनबाट भए पनि खरिद गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मालाई निर्देशन दिएको बताए ।

तर पछि अधिकृतले कस्लाई ,कसरी कोटेसन पास गरे या सामानको जिम्मा दिए त्यो बारे कुनै   जानकारी नै नगराएको बताए ।  पूर्व नगर प्रमुख कुवरले भने मैले जोड्नुस् भनेको हु प्राविधिक म ल्याउँछु भनेको होइन तर अधिकृत शर्माले पूर्व नगरप्रमुखले प्राविधिकको व्यवस्था गर्छु भनेर भनेको कुरा गलत रहेको बताए ।

साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र कुवरले आफूले आज स्टोरमा गएर सामान छ छैन भन्ने बारे जानकारी लिएको बताए । उनले भने सामान खरिद गरिएको रैछ सबै सामान छ अब जडानको कार्य सुरु गर्छु । साँफेबगर नगरपालिकाले ३ वर्ष सम्म सामान थन्क्याए पछि नागरिक स्थर बाट चर्को विरोध हुँदै आयको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु