धनगढी जोखर तालबाट लागुऔषध सहित ३ जना पक्राउ

छिनोफानो   बिहिबार ३१, जेठ २०८१ १०:४०

धनगढी ।    धनगढीको जोख्खर तालबाट ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ जोख्खर तालमा धनगढी उपमहानगरपालिका–१६ का २६ वर्षीय किरण जोशीले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–१६ का ३१ वर्षीय अकिंत चौधरी र धनगढी उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय रामभजन राना पक्राउ परेका छन्।

तीनै जनालाई २०० मिलिग्राम लागूऔषध र मोटरसाइकल थान–१ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३ जना मध्येबाट रामभजन राना जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ लाख ४९ हजार ३७५ जरिवाना तोकिइ फरार रहेको फरार प्रतिबादिसमेत खुलेको छ।

सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु