धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग

छिनोफानो   बिहिबार ३१, जेठ २०८१ ०१:५१

धनगढी ।  धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन नेकपा एमाले धनगढीले माग गरेको छ । आज नेकपा एमाले धनगढी उपमहानगर कमिटिले मेयर गोपाल हमाललाई ज्ञापनपत्र बुझाउँदै फोहोर माथी लगाइएको कर हटाउन माग गरेको छ । उपमहानगर कमिटिकि नव निर्वाचित अध्यक्ष अम्बिका बिष्ट मल्लले पछिल्लो समय धनगढी उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा लगाएको करबाट नगरबासी आतकिंत भएका कारण फोहोरमा लगाइएको कर हटाउन माग गरिएको बताइन् ।

जनताका आधारभुत आवश्यक्ता भित्र पर्ने स्वास्थ्य र सरसफाई जस्तो क्षेत्रमा समेत कर लगाउनु अब्वहारिक छ ज्ञापनपत्रमा भनिएको छ “स्वास्थ्य र सरसफाई स्थानिय सरकारको प्रमुख दायित्व रहेका कारण उपमहानगरबासीमा दिइने सेवा बारे दायित्वबोध हुन जरुरी छ, आम नागरिकले दैनिक जिवन निर्वाह गर्दा हरेक सिर्षकमा सरकारलाई तिर्दै आएको कर यति धेरै छ की आम्दानी कर, घरबहाल कर, मालपोत, ब्यवसाय कर, अनेकौँ शिर्षकमा कर तिरिरहनु परेको छ ।” नागरिकले सबै क्षेत्रमा राज्यलाई कर बुझाएपनि फोहोरको समेत कर लगाउनु अब्यवहारिक रहेको गुनासो बढेपछि उपमहानगरका मेयर गोपाल हमालको ध्यानाकर्षण गराएको उपमहानगर कमिटि अध्यक्ष अम्बिका बिष्ट मल्लले बताइन् ।

नेकपा एमाले हरेक जनताका जनजिविकाका सवालमा बिगतबाटै आवाज उठाइरहेको छ उनले भनिन् “जनताका समस्या सम्बोधन होउन, राज्यलेनै जनतालाई हरेक क्षेत्रबाट मारमा पार्ने काम नगरोस, आफ्नो दायित्व राज्यले पुरा गरोस भन्ने हाम्रो माग हो, हामी जनतालाई परेका पिर मार्का सधैँ उठाउने छौँ, यस बिषयमा मेयर साप गम्भिर हुनुहुने छ भन्ने अपेक्षा लिएका छौँ ।”

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु