गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो

छिनोफानो   आइतबार ०२, असार २०८१ ११:३५

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ । 

जेष्ठ शुक्ल दशमी ङ्गा दशहराका अवसरमा पूजाआजा गर्ने दर्शनार्थीको आज भिडभाड लागेको हो । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको छ । मन्दिरमा पूजाआजा गर्ने र मेला भर्नेको घुइँचो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालीसहित भारतीय दर्शनार्थी भक्तजन पूजाआजाका लागि आउनेक्रम जारी  छ । प्रसिद्ध यस मन्दिरको दर्शन र पूजाआजाका लागि नेपाल, भारत दुवै देशका श्रद्धालुहरु आउने गरेका छन् । 

बेहडाबाबामा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालमा भक्तजनको भिड हुने गर्दछ । यसैगरी, साउन महिनाको सबै सोमबार भक्तजन आउने गरेको समितिका अध्यक्ष जोशीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु