आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्यो ?

छिनोफानो   आइतबार ०२, असार २०८१ १२:१२

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटरको तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटरको एक रुपैयाँले मूल्य घटाएको हो।

अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको १ सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १ सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १ सय ६५ रुपैयाँ कायम भएको छ।

निगमले डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा १ सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १ सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरेको छ।  निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु