अछामको चौरपाटी गाँउपालिकाले ईन्धनमा झण्डै ८५ लाँख खर्च गरे पछि........

छिनोफानो   आइतबार ०२, असार २०८१ ०२:१४

पवन भण्डारी,धनगढी । अछामको चौरपाटी गाउँपालिकाले पनि इन्धनमा झण्डै ८५ लाख खर्च गरेको  छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चौरपाटी गाउँपालिकाले इन्धनमा झण्डै ८५ लाख खर्च गरेको पाइएको हो ।

गत आर्थिक वर्ष २०७९र ८० मा यस पालिकाले ८४ लाख ९४ हजार ५०६ रुपैयाँ इन्धनमा मात्रै खर्च गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

सो नगरपालिकाले इन्धन पदाधिकारी शीर्षकबाट २३ हजार १ रुपैयाँ, कार्यालय प्रयोजन शीर्षकबाट १९ लाख ६० हजार ६५० रुपैयाँ गरी जम्मा ८४ लाख ९४ हजार ५०६ रुपैयाँ खर्च गरेको हो ।

प्रयोगकर्ता, प्रयोजन र भ्रमण किलोमिटर जस्ता ब्यहोरा स्पष्ट खुलाई इन्धन उपलब्ध गराउनु पर्नेमा सो बेगर तथा लगबुक तयार नगरी इन्धन खर्च गरेको पाइएको महालेखाको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

‘पालिकाले यस्तो कार्यमा सुधार गरी ऐन, नियम बमोजिम इन्धनको प्रयोग गर्ने तथा सोही बमोजिम लगबुक व्यवस्थित गरी राख्ने तथा खर्च गर्दा मितव्ययीरुपमा गर्ने प्रबन्ध मिलाउनु पर्दछ,’ प्रतिवेदनमा उल्लेख रहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु