सुदूरपश्चिममा अटो र विद्युतीय रिक्सामा अब कर लाग्ने

छिनोफानो   आइतबार ०२, असार २०८१ ०२:४०

धनगढी    सुदुरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा अब अटो रिक्सा र विद्युतीय रिक्सामा कर लाग्ने विषय उल्लेख छ।

बजेटमा विदेशबाट घर फर्केर उद्यमी काम गर्नेका लागि बजेटको व्यवस्था गरिएको छ। वन डढेलो नियन्त्रण गर्न २ करोडको बजेट विनियोजन गरिएको छ। यहाँका धार्मीक स्थलहरुको विकासका लागि ८ करोड बजेट विनियोजन गरिएको छ।

सडक पुर्वाधार र विकासका लागि प्रदेश–जिल्ला र पालिका जोड्ने सडक निर्माणका लागि पनि बजेटको व्यवस्थापन गरिएको छ। यसका लागि ८७ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ। कैलाली र कञ्चनपुरको सतही र भुमिगत पानीबाट सिँचाई गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। यहाँको जलविद्युत निर्माणका लागि पनि बजेटको व्यवस्था गरिएको छ।

चालु आर्थिक वर्षमा प्रदेशका अर्थतन्त्र तीन दशमलव ४१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा यस्तो वृद्धिदर एक दशमलव ४२ थियो। बजेटमा धेरैजसो चालु आर्थिक वर्षकै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ। भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिइएको बजेटमा कृषि क्षेत्रले पनि विगत झैं प्राथमिकता पाएको छ।

सरकारले चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय व्यवस्थातर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भएर प्राप्त हुने ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड रहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु