मायाको संसार गीतका गायक बोगटी भन्छन् : म भ्युज कमाउन होइन इतिहासको लागी रचना गर्छु

छिनोफानो   शुक्रबार १४, असार २०८१ ०१:२१

धनगढी । सदुरपश्चिमका पुराना गायक एवम् शब्द स्रष्टा लक्ष्मण बोगटीले आफ्ना थुप्रै मार्मिक डेउडा गीतहरू बजारमा ल्याईसकेका छन । करिब तिन दशक जति डेउडा गीत सङ्गीत क्षेत्रलाई जर्गेना गर्नका आफ्नो अमूल्य समय खर्च गरेका गायक बोगटीका थुप्रै गीतहरू बजारमा रहेका छन । अछामको  पञ्चदेवल विनायक नगरपालिका ४ कालिका स्थानमा जन्म भएका बोगटी गायन ,अभिनय सँगै शब्द लेखनमा समेत अब्बल मानिन्छन् । 

उनले पछिल्लो समय बजारमा ल्याएका गीतहरू मायाको संसार र पश्चिम नेपाल डेउडा भाका बजारमा रहेका छन ।  कला सस्कृती प्रति सानै देखि रुची राख्ने गायक बोगटीले पहिलो देउडा एल्बम–निकी छौक्या मैना चडि (२०५८)रेडियो नेपाल बाट रेकर्ड गराएका थिए । 

उनको सो गीत निकै चर्चामा आयो । उक्त गीतको सफता पछि उनले लगत्तै चर्चित डेउडा भाका बम्बई बग्या आशु बजारमा ल्याउनु भयो ।  गायक लक्ष्मण बोगटी सँग छिनोफानो डटकमका सम्पादक पवन भण्डारीले उनको साङ्गीतिक सङ्घर्ष बारे कुरा गरेका छन । प्रस्तुत छ उहाँ सँग गरिएको यो कुराकानी 

तपाईँले गीत सङ्गीत तर्फ कसरी प्रेरित हुनु भयो ?

मेरो सानै देखिको रुचि नै हो म सानै बाट गीत गुनगुनाउने गर्थे कविताहरू लेख्ने गर्थे पछि भारतमा बसेर अध्ययन गर्नेक्रममा हिन्दी चलचित्र मृत्यु दण्डमा अभिनय अभिनय गर्ने अवसर मिल्यो त्यस पछि मेरो यात्रा सुरु भयो । 

तपाईँले पहिलो एल्बम कहिले बजारमा ल्याउनु भयो ? 

मैले पहिलो देउडा एल्बम–निकी छौक्या मैना चडि (२०५८)रेडियो नेपाल बाट रेकर्ड गराएको थिए । उक्त गीतको सफलता पछि मलाई अझै केही गर्नु पर्छ भन्ने जोस जागर पलाउन थाल्यो मैले लगत्तै चर्चित डेउडा भाका बम्बई बग्या आशु बजारमा ल्याए उक्त गितले पनि मलाई यो यात्रामा निकै आनन्दित बनायो । 

तपाई गीत गाउने मात्र नभएर अभिनय गर्न शब्द रचना गर्नमा समेत माहिर हुनुहुन्छ तर पछिल्लो समय तपाईँको गीत मायाको संसार र पश्चिम नेपाल डेउडा भाका युट्युबमा तेती भ्युज गएन के लाग्छ तपाई लाई भ्युज नजानुमा ?

म जहिले शब्द लेख्छु रचना गर्छ समाजमा रहेका यथार्थ कथा बस्तुलाई आधार मानेर लेख्छु तर पछिल्लो समय जे पायो तेहि गाउने गीतहरूले बजार तताउँछ यहाँ छाडा गीतको स्थान छ राम्रो रचनाको होइन । म रचना गर्छु भ्युजको लागी होइन ईतिहाँसको लागी हो । यहाँ भ्युज कमाउने दाउमा देउडामा विकृति फैली रहेको मलाई सो कुरा मन पर्दै र गर्दै पनि । 

पछिल्लो समय देउडामा छाडापन आयो भन्ने  पनि छ ? तपाईँको बिचारमा छाडा पन आएकै हो देउडामा ?

सबै गीतहरूमा छाडापन छैन केही केही गीतहरूमा छाडापन अवश्य छ । चर्चा कमाउन घर परिवार सँगै बसेर हेर्न नसकिने गीतहरू पनि बजारमा छन । गीत समाजमा हेर्ने र सुन्ने खालको चल्दैन अहिले जे पायो त्यही गीत गायो भने  चर्चा कमाउन सजिलो हुन्छ भने गाउन थाले यसले समाजमा विकृति फैलाएको छ । तर यो दुःखद कुरा हो ।

तपाईँले आफ्ना गीतहरूमा अभिनय पनि गर्नु भएको छ । हाल सम्म कति गीतहरूमा अभिनय गर्नु भयो ? 

मैल लगातार चर्चित चर्चित गीतहरूमा अभिनय समेत गरेको छु  । मैले अभिनय गरेका गीतहरू तु माइत जनजायै,बम्बई बग्या आँसु,बस मैना चरी,देखादेख धेरै दिन भयो,राता रिबनमा,हुम्ला जुम्ला कालिकोट र हाल बजारमा आएका गीतमा समेत मैले अभिनय आफै गरेको छु  । मैले हाल सम्म १५ भन्दा बढी गीतहरूमा अभिनय गरेको छु  भने ७० भन्दा बढी गीतहरूमा शब्द समेत कोरेको छु ।

डेउडा गीत सङ्गीतको क्षेत्रमा पनि राजनैतिक गन्ध मौलायो भन्ने छ के हो र त्यो ?

हो राजनीतिले गर्दा डेउडा सस्कृती जर्गेनाका लागी केही समस्या हुन सक्छ । कलाकार देशको हुनु पर्ने हो तर दलको कलाकार बन्दा यस्ले निकै असर पर्नेछ जस्तो लाग्छ । नेपालमा नामका संघ सङ्गठनहरूले पार्टी र आफन्त हेर्दा दुःख लाग्छ  यहाँ अर्वाड कसले जित्छ जसले पैसा बढी दिन्छ ,यहाँ कला गलाको सम्मान हुँदैन हुन्छ त केवल पैसाको सम्मान हुन्छ । 

तपाईँले अवार्ड पाउनु भयो त आज सम्म ? 

करिब ३ दसक यो क्षेत्रमा म लगातार रूपमा आफ्नो ज्ञान सिप अनुसार काम गरिरहेको छु तर हाल सम्म मैले गरेको कामको मुंल्यांकन कुनै संघ संस्थाले गरेनन् । मैले डेउडा लाई चिने, डेउडाले मलाई चिनेन यो सब पछिल्लो राजनैतिक घटनाक्रमले हो । देउडामा छाडा गीत गाउने लाई सम्मान गर्ने समाजमा अब राम्रो गीत लेख्ने  र गाउनेको काम छैन ।

अन्त्यमा के भन्नु हुन्छ ?

भन्न त धेरै कुराहरू छन तर पनि देउडामा छाडापन ल्याउनु हुँदैन यो तर्फ ध्यान सबैको जानु पर्छ । र मेरा गीतहरू पराई दिने सबैलाई धन्यवाद मेरा बजारमा रहेका गीतहरू लाई माया गरिदिनुहोला सुझाब सल्लाह दिनु होला । धन्यवाद 

खेलकुद तिर रुचि राख्ने बोगटी जिल्ला र अञ्चल का विभिन्न खेलहरू मा सहभागी भएका भएका थिए । बोगटीको पछिल्लो समय पश्चिम नेपाल र मायाको संसार गीत  अहिले बजारमा रहेको छ ।

भिडियो हेर्नका लागी 

https://www.youtube.com/watch?v=EpT0jLxfbnQ

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु