पहिरोमा पुरिएकी महिलाको जीवितै उद्दार

छिनोफानो   शनिबार २२, असार २०८१ ०४:००

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्दार गरेका छन् ।

उद्दारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ ।

पहिरो खसेका बेला उनी घरमा एक्लै थिइन् । उनकी छोरी घाँस काट्न गएका बेला पहिरोले घर पुरिएको थियो ।

उनका श्रीमान र छोरा भारतमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु