धनगढीमा सार्वजनिक सुनुवाइ सम्पन्न

छिनोफानो   सोमबार २४, असार २०८१ १०:५४

धनगढी ।  धनगढी उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।

उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो। सार्वजनिक सुनुवाइ आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६, उर्मामा आयोजना गरिएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उप प्रमुख कन्दकला राना र प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको गुणस्तर र प्रभावकारिता सुधार गर्न प्रतिवद्धता व्यक्त गरे। सुनुवाइ कार्यक्रममा झण्डै २ सय जना स्थानियहरुको सहभागीता रहेको थियो।

जसमा वडा नम्बर १६ का वडाध्यक्ष रामलाल राना र वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालको उपस्थिति रहेको थियो। त्यस्तै उपमहानगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको पनि उपस्थिति थियो। कार्यक्रममा स्वागत मन्तव्य बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले गरेका थिए भने कार्यक्रम सञ्चालन बासका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए।

यस्तै कार्यक्रमको प्रतिवेदन प्रस्तुतिकरण बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए। सार्वजनिक सुनुवाइमा सहभागीहरुले गुणस्तरिय स्वास्थ्य सेवा, शिक्षामा सुधार, र बाटो कालोपत्रे बनाउने आवश्यकता, कृषिमा अनुदान, मल बीउ उपलब्ध गराउनुपर्ने लगायतका महत्वपूर्ण सवालहरु उठाएका थिए।

स्वास्थ्य सेवामा सुधार गर्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्ने, शिक्षामा सुधार गरेर गुणस्तरीय शिक्षा व्यवस्था गर्ने, र मुख्य सडकहरु कालोपत्रे बनाउने माग सहभागीहरुले गरे। कार्यक्रमले धनगढी उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता मूल्यांकन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

सहभागीहरुले उठाएका सवाल र सुझावहरु उपमहानगरपालिकाको भावी कार्ययोजनामा समावेश गरेर सेवा र सुविधामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। यस्तो सुनुवाइ कार्यक्रमले जनताको आवाज सुनिने र उनीहरुको समस्याको समाधान गरिने विश्वास दिलाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु