आज पनि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

छिनोफानो   शनिबार ०३, कार्तिक २०८१ ०९:१९

काठमाण्डाै – आज पनि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन 'ए' र जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी निुभयो ।

शाखा प्रमुख थापाले सात सय ५३ वटै पालिकामा औषधि खुवाउने व्यवस्था रहेको भन्दै पायक पर्ने विद्यालय, वडा कार्यालय वा खोप केन्द्रहरूमा लगेर बालबालिकालाई औषधि खुवाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन 'ए' क्यापसुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि खुवाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु