गोर्खा मिडियामा १ करोड ८० लाखको सेयर पारिश्रमिकबाट कट्टा हुनेगरी लिएको हुँ :रवि लामिछाने

छिनोफानो   बुधबार ०७, कार्तिक २०८१ १२:२३

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वकाठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । सोमबार र मङ्गलवार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले बयान दिएका हुन् ।

बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋणस्वरुप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको तथ्य पनि अस्वीकार गरेका हुन् । दुई दिनको बयानमा उनले भनेका छन्, ‘रवि लामिछानेको नाममा प्रवाह भएको ऋणको सम्बन्धमा सो व्यक्ति म होइन ।पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘ सुर्यदर्शन को सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन ।

सुर्यदर्शनमा आफूले बचत खाता तथा लोन खाता नखोलेको लामिछानेले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्, ‘मैले उक्त सहकारीबाट ऋण लिएको छैन ।आफ्नो नाममा ऋण निकासा भएको बारेमा लामिछानेले अनभिज्ञता जनाएका छन् । उनले भनेका छन्, ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन ।’ गितेन्द्रबावु ( जीबी ) राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा आफूलाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि त्यहाँ गएको बताएका छन् । गोर्खा मिडियामा आफूले १ करोड ८० लाखको सेयर लिएको उनले बताएका छन् । बयानमा उनले भनेका छन्, १ करोड ८० लाखको सेयर मलाई दिने र सो सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोर्खा मिडियामा गएको थिएँ । जीबी राई सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् ।

 

सुर्यदर्शनसहित ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।सुर्यदर्शनमा खोलिएका खाताहरू आफ्नो नभएको लामिछानेले जिकिर गरे । गोर्खा मिडियाको आर्थिक कारोबार गितेन्द्रबावु ले नै गर्ने गरेको उनले बताएका छन् । लामिछानेले बयानमा भनेका छन्, ‘कम्पनी छाड्दा मैले कुने रकम लिएको छैन, सहकारीबाट लोन लिने, हिनामिना गर्ने र अपचलनमा म संलग्न छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु