धनगढी । कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ चिनी मिल नजिकै पूर्वतर्फ गइरहेको सुपप्र ०१००९प ३७७७ नम्बरको मोटरसाईकलले ठक्कर दिदै पैदल यात्री ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरी कृष्णपुर नगरपालिका– ६ का स्थानीय बासिन्दा हुन् । आइतबार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा चालक कृष्णपुर नगरपालिका–७ कालियापुर बस्ने ३१ वर्षीय राजकुमार राना गम्भीर घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने पछाडी सवार रानाकी बहिनी २२ वर्षीया सुहता रानालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।
प्रतिकृया दिनुहोस