कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने कम्पनीको व्यवसाय दर्ता खारेज गरिएको छ । वडा नम्बर ७ को कार्यालयले धनगढी उपम
हानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने नेपाल लाइफ वर्ड मिसन नामक कम्पनीको व्यवसाय दर्ता खारेज गरेको हो ।
सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको थियो । चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत रहेका थिए । छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रशान्त राई भनिने प्रेम दोर्जी राई र धनगढीका वीरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
चर्चमा हरेक शनिवार संगती लाग्न थालेपछि स्थानीयले बिरोध गरेपछि अस्पताल भन्दै चर्च खुलेको रहस्य बाहिर आएको हो । असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको हो । छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर भवन बनाएर त्यसमा संगती लाग्न थालेपछि स्थानीयले जानकारी पाएका थिए ।
सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएका थिए । स्थानीयको गुनासो आएपछि गत मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका थिए । सो टोलीमा जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेत थिए ।
प्रतिकृया दिनुहोस