मनेहरामा अस्पताल भन्दै बनाएको चर्चमा चल्यो धनगढी उपमहानगरपालिकाको डोजर

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०२:०५

धनगढी : धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै बनाएको चर्चमा धनगढी उपमहानगरपालिकाले डोजर चलाएको छ । लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेको भवनमा उपमहानगरपालिकाले मंगलबार डोजर चलाइएको हो । अवैध रुपमा मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ ।

 सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो ।

त्यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो। तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि वडाले सो दर्ता खारेज  गरेको हो । यसअघि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु