सुदूरपश्चिमका चर्चित ११ जना गायिकाहरूको आवाजमा रहेको ‘किन्दिनु बाबाले झुम्काना’बोलको तिज गीत सार्वजनिक

पवन भण्डारी   शुक्रबार १८, साउन २०८१ ०२:२३

धनगढी । तिजका भाका भन्दै विकृति फैलाउने केही गीतहरू बजारमा आइरहेका बेला सुदूरपश्चिमका चर्चित गायिकाहरूको सामूहिक तिज गीत ‘किन्दिनु बाबाले झुम्काना’बोलको गीत बजारमा आएको छ । हिन्दु नारीहरूको महान् पर्व तीज नजिकिँदै गर्दा सदुरपश्चिमका चर्चित ११ जना गायिकाहरूको आवाजमा रहेको उक्त गीत बजारमा आएको हो  । 

तीजको अवसर पारेर गीतहरू बजारमा आउने क्रम बढ्दै गईरहेका बेला सुदूरपश्चिमका चर्चित अनुहारको मौलिक तिज गीत बजारमा आउको हो ।  पछिल्लो समय तिज गीतको नाममा  विकृति बढ्दै गईरहेका बेला सो मौलिक गितले विकृति विसङ्गति ल्याउनेहरू लाई गतिलो झापड दिएको छ । 

यसरी बढ्दो विकृतिलाई निरुत्साहित गर्दै सुदूरपश्चिमका दिदीबहिनीहरूले मौलिक तीज गीत सार्वजनिक गरेकी छन । बिहीबार विशेष फिल्म युट्युब च्यानलमार्फत मौलिक गीत बजारमा आएको हो । 

उक्त गीतमा हेमन्ता भट्टराई, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, निरूता खत्री, दीपा रोकाया, पशुपति खनाल, भावना चन्द, कृष्णा सिराडी, ऋतु थापा र गौरी ओझाको स्वर छ । हेमन्ता भट्टराईको शब्द र संगीत रहेको गीतमा विजय थापाले संगीत संयोजन गरेका छन ।

वर्षको एक दिन आउने तीजमा छोरी चेलीहरूलाई नाच्न मन लाग्ने भएकाले झुम्काना किन्दिन गीत मार्फत बुवालाई आग्रह गरिएको छ । 

उक्त गीतको भिडिओमा प्रवीण थापाको निर्देशन रहेको छ । भिडिओमा सिम्रन दुलाल, अनिता साउँद लगायतको अभिनय देख्न सकिन्छ । चक्र बरालले छायाङ्कन गरेको भिडिओलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु