प्रवासबाट साङ्गीतिक क्षेत्रमा उदाउँदै गायक दिनेश परियार

पवन भण्डारी   बिहिबार २०, भदौ २०८१ १२:०१

धनगढी । प्रवासमा बसेर साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन दिनेश परियार । अछाम जिल्लाको  रामारोशन गाउँपालिकामा जन्मिनु भएका परियार यति बेला रोजगारीको सिलसिला भारतको दिल्लीमा बस्दै आएका छन । उनलाई भारतको दिल्लीमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रम भ्याई नभ्याई छ । सानै उमेरमा गीत सङ्गीत लाई माया गर्ने र गीतहरू गुनगुनाउने गायक परियारको कलाकार बन्ने चाहाना भने प्रवास छिरे पछि मात्र पुरा भयो । 

विपन्न परिवारमा जन्मनु भएका गायक परियार भन्छन् सानैमा कलाकार बन्ने चाहाना थियो तर आफू सँग आर्थिक थिएन चाहाना भएर के गर्नु उनले भने । घरमा ८ भाइ बहिनी मध्ये आफू सबै भन्दा जेठा भएका कारण घरको जिम्मेवारी आफूमाथि थियो । मैले कक्षा ९ सम्म मात्र पढ्न पाए ।

भाइ बहिनी धेरै थिए बुवाको एक्लाको कमाइले घर खर्ज सम्म चल्न मुस्किल हुन्थ्यो परियारले भने अनि सानै उमेरमा स्कुल छोडेर भारत पसेको हु । पढ्ने रहर त थियो तर के गर्नु गरिब परिवारमा जन्म भयो बुवाले पढाउन सक्नु भएन काम गर्न भारत जानै पर्ने अवस्था आयो त्यसैले भारत गए उनले भने । भारतमा काम गर्दै गर्दा आफ्ना दुःखहरू सम्झिन्थे र जसरी नि केही गर्नु पर्छ भन्ने अठोट राखेको थिए । आफू सानै उमेरमा विद्यालय तीरहरू हुने कार्यक्रम तथा बन पाखामा गीतहरू गाउँथे रेडियो सुन्दा गीतहरू बज्दा मैले पनि कलाकार बन्नु पर्छ सोच्थे तर त्यो सपना पुरा गर्न मलाई बर्छौ लाग्यो । 

आफूले बिहे गरेपछि आफ्नो जीवन सङ्गिनीको साथ सपोट पछि आफ्नो गायक बन्ने सपना पुरा भएको गायक परियारले बताउँछन् । मलाई यहाँ सम्म पुगाउनुमा जीवनसाथीको महत्त्वपूर्ण भूमिका छ उनले भने त्यसैले हाल सम्म मैले करिब डेढ दर्जन भन्दा बढी गीतहरू गाई सकेको छु । 

पछिल्लो समय आफूले भारतको दिल्ली क्षेत्रमा हुने कार्यक्रममा आफूहरूलाई आयोजकले सम्झिरहँदा निकै खुसी लाग्ने गरेको उनी बताउँछन् । म कला सस्कृती जर्गेना गर्नु पर्छ भन्ने सोच राखेर यो क्षेत्रमा लागेको हु प्राय मैले धेरै गीतहरू डेउडा नै गाएको छु उनले छिनोफानो डटकम सँग कुरा गर्दै भने । 

गायक परियार भन्छन् मैले चर्चा कमाउन होइन सस्कृती जर्गेना गर्न गीत गाउने गर्छु । साथै आगामी दिनमा पनि थुप्रै गीतहरू बजारमा आउने तयारीमा रहेकोले गीत सुनेर सुझाव सल्लाहको अपेक्षा गरेको बताए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु