पहिरोले भीमदत्त राजमार्गसहित अन्य ग्रामीण सडक अवरुद्ध

छिनोफानो   शुक्रबार २८, भदौ २०८१ १०:१४

डडेल्धुरा : बुधवार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन्। 

तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा डोटी जोड्ने के आईसिंह राजमार्ग  अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेका कारण भिमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि के आईसिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।
 
यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षितरुपमा यात्रा गर्न पनि आग्रह गरेको छ। गएराति चलेको हावाहुरी र वर्षाका कारण डडेल्धुरामा विद्धुत सेवा पनि अवरुद्ध बनिरहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु