मकवानपुरको सिस्नेरीमा बाढीले ३० वटा घरटहरा बगायो, खानीखेतका २८ घर डुबानमा

छिनोफानो   शनिबार १२, असोज २०८१ ११:३९

काठमाण्डौ – अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतका २८ घर डुबानमा परेका छन् । स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा राखिएको छ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु