देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षा

छिनोफानो   शुक्रबार १८, असोज २०८१ ०६:५२

काठमाण्डाै – देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा राति र बिहान पानी परेको छ । आज कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु