सेती प्रयोगशालामा मंगलबार थप ६ जनामा कोरोना पुष्टि

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ११:५५

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार  थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सेतीमा हालसम्म सेतीमा पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकाहरुको संख्या १ लाख १७ हजार ६४ पुगेको छ । जसमध्ये हालसम्म २० हजार ९ सय २  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा ५  कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।  हाल अस्पतालमा ५ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ कोरोना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु