मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । शेयर बजारमा रुचि बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कामको योजना बन्ने छ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महत्वपूणर् कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनु होला, तर साँझमा काम बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक कार्यमा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
प्रतिकृया दिनुहोस