काठमाडाैं । गत फागुन २१ गते भएको निर्वाचनमा ७ जना जेनजीहरु निर्वाचित भएका छन् । भदौ २३/२४ को जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको निर्वाचनमा ७ जना जेनजी निर्वाचित भएका हुन् ।
सातजनामध्ये ६ जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन् भने एक जना श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भएका छन् । रास्वपाका निशा डाँगी (२९), मनिष खनाल (२६), बब्लु गुप्ता (२८), सस्मित पोखरेल (२९), प्रशान्त उप्रेती (२५) र केपी खनाल (२६) निर्वाचित भए । त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम श्रंस्कृति पार्टी आरेन राई (२९) खोटाङ-१ बाट निर्वाचित भए ।
निशा डाँगी झापा-१ बाट ४५,६८० मत ल्याएर निर्वाचित भइन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १०५५० मत ल्याए। नवलपुर-२ बाट निर्वाचित मनिष खनालले ४१३४७ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका तीलबहादुर महत क्षेत्रीले १५७५५ मत ल्याए ।
बब्लु गुप्ता सिराहा-१ बाट ४१३२२ मतसहित निर्वाचित हुँदा सस्मित पोखरेल काठमाडौं-५ बाट ३०७३७ मतसहित निर्वाचित भए । प्रशान्त उप्रेती मकवनपुर-२ बाट ३००५० मतसहित निर्वाचित हुँदा केपी खनाल कैलाली-२ बाट २००५७ मत सहित निर्वाचित भए । श्रम संस्कृतिका आरेन राई १६६१२ मत सहित खोटाङबाट निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी देवविक्रम राईले १२७१४ मत मात्रै ल्याए ।
सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका पुस्तालाई जेनजी अर्थात् जेनेरेसन-जी भन्ने गरिन्छ ।
प्रतिकृया दिनुहोस