कैलालीमा म्यादी प्रहरीको मौखिक परिक्षाका लागी आवेदकको उदेक लाग्दो भिड

छिनोफानो   मङ्गलबार २२, चैत २०७८ ०५:००

कैलाली । कैलालीमा म्यादी प्रहरीको मौखिक परिक्षाका लागी आवेदकको भिड लागेको छ । बैशाख ३० गते सरकारले निर्धारण गरेको स्थानिय तहको निर्वाचनको तयारीका लागि म्यादी प्रहरीको आवेदन खुलेसँगै  जिल्ला प्रहरी कार्यालय कैलालीमा थामिनसक्नुको भिड लागेको हो ।

आवेदन दिने समयमा देखिएको भिड मौखिक परिक्षामा पनि उस्तै देखिन्थ्यो । मंगलबार बिहानैदेखी धनगढीको मुख्य सडक भरिभराउ थियो । प्रहरी कार्यालय अगाडी परिक्षार्थीको भिडका कारण केहि समय सडक जाम समेत भयो । बढ्दो बेरोजगारी कारण म्यादी प्रहरीको जागिरका लागि जिल्लाभरबाट आवेदकको उपस्थिति रहको थियो । बाँकी फोटो फिचरमाः

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु