कैलालीमा ब्रोइलर कुखुरासहित अवैध सामान फेला

छिनोफानो   शुक्रबार २१, बैशाख २०८१ ०१:३९

कैलालीमा ब्रोइलर कुखुरासहित अवैध सामान फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा १ लाख ९५ हजार ५ रुपैयाँ बराबरको अवैध सामान फेला परेको हो ।

प्रहरीका अनुसार बिहीवार धनगढी उपमहानगरपालिका २ बालुवाघाट धनगढी ३ ट्राफिक चौराह भजनी नगरपालिका ५ हलौनाघाट, जोशीपुर गाउँपालिका ३ मनिकापुर र कैलारी गाउँपालिका ४ भितरिया घाटमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी उक्त मूल्यका सामान फेला परेका हुन् ।

ब्रोइललर कुखुरा प्याज चिनी मिश्री गुड प्लाष्टिक झिल्ली खुर्सानी नरिवल सरफ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु