नेकपा एमाले मुख्यमन्त्री सोडारीलाई आज विश्वासको मत नदिने, हतार गरेको एमालेको आरोप

छिनोफानो   शुक्रबार २१, बैशाख २०८१ ०४:०२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरे पनि अहिले भने अनिश्चित बनेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पार्टीले विश्वासको मत नदिने जनाएका छन्। नेकपा एमालेले आज विश्वास मत नदिने भएपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको हो । विश्वासको मत लिनेबारे सोडारीले १८ वैशाखमा प्रदेशसभामा पत्र पठाएका थिए ।

संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री दीर्घ सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै आज विश्वासको मत नदिने जनाए छ। एमाले संसदीय दलका नेता रावलले व्यक्तिगत रूपमा हतारो गरेर बिना परामर्श विश्वासको मत लिन हतार गरेको बताए । 

नाउपाको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । यता रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । नेपाली कांग्रेसले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने बताएको छ । 

आज संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गरेको निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बताए ।  सोडारी  ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिन सोडारीलाई ५ जेठ सम्मको समय छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत आर्जन गर्न  २७ सांसद आवश्यक पर्छन् ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु