सुनको भाउ दुई दिनमा दुई हजार चार सय रुपैयाँले घट्यो

छिनोफानो   मङ्गलबार २८, साउन २०८२ ०१:१०

काठमाण्ठौ – सुनको भाउ दुई दिनमा दुई हजार चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा एक हजार एक सय रुपैयाँले घटेको सुन आज पनि एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १५ रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु