सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

छिनोफानो   शुक्रबार ३१, साउन २०८२ ०२:३९

काठमाण्डौ।आज सुनचाँदीको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज चाँदीको भाउ पनि  घटेको छ।

चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४० रुपैयाँ रहेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु