धनगढी । जेन जी पुस्ताको आन्दोलनका क्रममा अदालत र प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएपछि कैलालीका प्रहरी थुनुवा कक्षहरू रित्तिएका छन्। जिल्ला प्रहरी कार्यालय, कैलाली र मातहतका कार्यालयहरूबाट हालसम्म ९४ जना थुनुवाहरूलाई जमानीमा घर पठाइएको छ।
जिल्ला अदालत कैलालीले आगजनीपछि नियमित काम रोकिएकाले थुनुवाहरूको म्याद थप्न नसकिएको र मुद्दा प्रक्रियामा समस्या भएको कारण उनीहरूलाई छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए।
लागुऔषध, चोरी, तस्करीलगायतका आरोपमा पक्राउ परेकाहरूसमेत जमानीमा छुटेका छन्। दशैँको बेला अदालत बन्द हुने भएकाले अपराध बढ्ने र थुनुवा संख्या पुनः बढ्ने अनुमान प्रहरीले गरेको छ।
तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय, कैलालीबाट मात्रै ७४ जना ९६९ पुरुष, पाँच महिला० र अन्य इलाकाबाट थप २० जना गरी जम्मा ९४ जना थुनुवाहरूलाई रिहा गरिएको हो। हाल जिल्ला प्रहरी कार्यालयमा चार जना नयाँ लागुऔषध मुद्दाका थुनुवाहरू मात्र रहेका छन्
प्रतिकृया दिनुहोस