धनगढी ५ जाई लभ्लीचोकमा बिहिबार फुटवयर पसल सञ्चालनमा आएको छ । स्थानिय हिमाल बिक र ईन्द्र बिकको सयुक्त लगानीमा सो पसल सञ्चालना आएको हो । पछिल्लो समय बैदेशीक रोजगारमा युवाहरुको बढ्दो आर्कषण रहेका बेला उनिहरुको ब्यावसाय प्रतिको मोहले नेपाल मै केहि गर्नु पर्छ भन्ने सन्देश दिएको छ ।
आफुले बिदेशमा भन्दा स्वदेशमै केहि गर्नु भन्ने उद्येश्यले ब्यावसाय सुरु गरेको युवा ब्यावसायी हिमाल बिकले बताए । युवाहरु बिदेश जाने र उता सोचे अनुसारको काम नपाउने समस्या दिन प्रतिदिन बढिरहेको देख्दा आफुहरुले नेपालमा केहि गर्नु पर्छ भन्ने सोचेर ब्यावसाय सञ्चालन गरेको उनको भनाई छ ।
सानै ब्यावसाय भएपनि आफनै देशमा राम्रो हुने बताउदै हिमालले भने “अहिले १० लाख लगानी गरेर सञ्चालनमा ल्याएको छु बिस्तारै लगानी थप्ने छु ।” स्वदेशमा पनि गर्न सके सफलता प्राप्त गर्न सकिने ब्यावसायी हिमालले बताए । उनले अन्य युवाहरुलाई समेत नेपालमै केहि गर्न आग्रह गरे ।
प्रतिकृया दिनुहोस