धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

छिनोफानो   शुक्रबार १०, असोज २०८२ १०:३२

धनगढी । कैलालीको धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका - ७ जेपी चोक नजिक रोकी राखेको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – १२ का १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरको सेती प्रादेशिक अस्पताल धनगढी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।  ट्रकको पछाडिको भागमा ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक चुरे गाउँपालिका – ३ का २९ वर्षीय प्रकाश सिंहलाई  नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले ट्रक सँग ठोक्किएको मोटरसाइकलले धनगढी उपमहानगरपालिका – १२ सी गाउँ बस्ने ७० वर्षीय मना पार्कीलाई समेत ठक्कर दिएको जनाएको छ । उनलाई मोटरसाइकलले  सी  गाउँमा ठक्कर दिएको थियो । घाइते मनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु