काठमाडौँ।नेपाल प्रहरीले झन्डै १ हजार ६ सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ।प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार कुल १,५९४ जनाका लागि आवेदन खुला भएको हो।
यसअन्तर्गत-प्रहरी जवान : १,५५३ जना
प्रहरी कार्यालय सहयोगी हजाम : ११ जना
प्रहरी कार्यालय सहयोगी कुचीकार :१५जना
जनाखेलाडी विभिन्न खेल : १५ जना
भर्ना प्रक्रियामा सहभागी हुन चाहनेका लागि जवानतर्फ न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। सहयोगी पदका लागि साधारण लेखपढ गर्न जान्ने योग्यता मागिएको छ।
दरखास्त दिने अवधि असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म रहनेछ। सार्वजनिक बिदा बाहेक उम्मेदवारले तोकिएका स्थानमा आफैँ उपस्थित भई फाराम बुझाउनुपर्नेछ।
जवान, हजाम र कुचीकार पदका लागि सातै प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरमा फाराम बुझाउन सकिनेछ।
खेलाडी पदका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज काठमाडौँमा मात्र दरखास्त दिन सकिनेछ।नेपाल प्रहरीले इच्छुक तथा योग्य नेपाली नागरिकलाई निर्धारित समयमा आवेदन दिन आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस