सालकको खपटासहित एक पक्राउ

छिनोफानो   शुक्रबार १०, असोज २०८२ ०२:२७

गुलरिया । बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ४७ वर्षीया किशोरीलाल थारू सालकको खपटासहित पक्राउ परेका हुन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले थारूको घरबाट लुकाई छिपाई राखेको तीन किलो ९९० ग्राम सालकको खपटा फेला पारेको थियो । सालकको खपटा कानुनी रुपमा घरमा राख्न र ओसारपसार गर्न अवैध मानिन्छ । 

सालकको खपटासहित पक्राउ परेका थारूलाई आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय बर्दियामा बुझाइएको प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो । फेलापरेको खपटा तामे सालकको खपटा भएको बर्दिया प्रहरीले जनाएको छ । 

नेपालमा पाइने तामे सालक सङ्कटापन्न र कालो सालक अति सङ्कटापन्नको सूचीमा राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा अवैध रुपमा सालकको खपटाको कारोबार हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु