फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन, असोज २० गतेसम्म फर्कन आह्वान

छिनोफानो   शनिबार ११, असोज २०८२ ११:३५

काठमाण्डौ – कारागार व्यवस्थापन विभागले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ । गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन भएको जनाएको छ ।

तोकिएको समयभित्र कारागार नफर्कनेलाई प्रचलित कानुन बमोजिम कारवाही हुने विभागका निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ । फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही हुने भएकाले उनीहरूबारे जानकारी दिन विभागले अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु