बैतडीमा १७ जना सवार भ्यान दुर्घटना, १० जना घाइते

छिनोफानो   आइतबार १२, असोज २०८२ १०:५०

बैतडी : जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

धनगढीबाट पुर्चौडीहाट जाँदै गरेको  सु प प्र ०२ ००१ ज ६२० नम्बरको भ्यान दिउँसो ३ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। दुर्घटनामा परेर घाइते हुनेहरू सबै बैतडीको पुर्चौडी नगरपालिकाभित्रका रहेका छन्। 

घाइते हुनेहरूमा पुर्चौडी-५ का  १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, ५ वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चौडी-४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, ५ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी,१७ वर्षीय  विक्रम साउद र २२  वर्षीया सावित्री धामी रहेका छन्।

घाइतेमध्ये  भुवन, यशोदा, पवित्रा र  कमलाको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। 

१८ यात्रु सवार भ्यानका अन्य आठजनाको अवस्था सामान्य  रहेको छ। 

भ्यानका चालक पुर्चौडीका  महेश बोहरा फरार रहेका छन्। ​दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु