जेनजी आन्दोलनपछि एमाले सचिवालय बैठक सुरु

छिनोफानो   आइतबार १२, असोज २०८२ ०३:४३

काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुण्डुमा सुरु भएको छ।

जेनजी युवा आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो। आन्दोलनपछि नेतृत्वमाथि प्रश्न उठिरहेका बेला बसेको बैठकप्रति चासो बढेको छ।

बैठकमा जेनजी आन्दोलन, जनधनको क्षति, तत्कालीन सरकारले खेलेको भूमिका र पार्टीले अब लिनुपर्ने बाटोलगायत विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

गत २३ र २४ भदौमा भएको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको र सरकारी तथा निजी सम्पत्तिमा खर्बौंको क्षति पुगेको प्रारम्भिक अनुमान छ।

तत्कालीन प्रधानमन्त्री ओलीले भने आन्दोलनमा ताकीताकी गोली चलाउने आदेश नदिएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु