चीनका पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला

छिनोफानो   सोमबार १३, असोज २०८२ ०१:१६

चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको छ । जिलिन प्रान्तमा रहेको चाङ्चुन जन अदालतले विज्ञप्ति निकालेर ताङलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको जानकारी गराएको समाचारसंस्था एएफपीले जनाएको छ ।

अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म झण्डै दुई अर्ब ६८ करोड युआन बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ । यस्तै ताङले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरेको पनि अदालतले जनाएको छ । यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो ।

अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु