राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव सम्पन्न गरी त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गर्नुभएको छ । बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उहाँले संयमित भई आपसी सहयोग र सहकार्यमा तोकिएको समयमा चुनाव सम्पन्न गरी देशमा उत्पन्न सबै समस्याको हल गर्न आव्हान गर्नुभएको हो ।
जेन जी आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि गठन भएको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपती पौडेलले संसद विघटन गर्नुभएको छ । प्रतिनिधि सभाको चुनाव आउँदो फागुन २१ गतेका लागि चुनाव तोकिएको छ ।
देशमा उत्पन्न असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी अगाडि बढ्न सबैको सहयोग आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस