काठमाडौँ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रही मौसममा परिवर्तन देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा साथै मधेस प्रदेशसहित अन्य प्रदेशका केही पहाडी तथा तराई भूभागमा मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। साथै, कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिकृया दिनुहोस