काठमाडौँ।आश्विन शुक्ल पक्षको एकादशी आज (शुक्रबार) परेको छ।
यस दिन दिउँसो २ बजेर ४३ मिनेटसम्म एकादशी तिथि रहने भएकाले बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ।
बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा-अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका-प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।
घरमा टीका-जमरा लगाइसकेपछि आफन्त, बन्धु, मावली र ससुरालीतर्फ टीका लगाउन जाने चलन रहिआएको छ।
यो धार्मिक परम्परा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ।त्यस दिन जमरा विसर्जनसँगै टीका लगाउने क्रम समाप्त हुन्छ।
प्रतिकृया दिनुहोस