धनगढी।धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलबस्तुको शिवराज नगरपालिका-१ बनकसबासस्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान भएको उक्त दुर्घटनामा डोटीको सिलगढी नगरपालिका-१ की करिब १७ वर्षीया सरस्वती खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
ना ८ ख ५७०३ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिँदा २४ जना यात्रु घाइते भएका छन्।बसमा करिब ४० जना सवार रहेका थिए।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।घाइतेहरुलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा लगिएको छ।प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस